|  

मोरक्कोबाट स्पेनको स्युटा प्रवेश गर्ने क्रममा मृ#त्यु हुने आप्रवासीको संख्या ५७ पुग्यो

१६ श्रावण, काठमाडौं । मोरक्कोबाट उत्तर अफ्रिकास्थित स्पेनी भूभाग (इन्क्लेव) स्युटा प्रवेश गर्ने क्रममा सीमा क्षेत्रमा ठूलो भागदौड र दुर्घटना हुँदा कम्तीमा ५७ जना आप्रवासीको मृत्यु भएको छ ।

एकै हप्तामा अनुमानित ६० हजारभन्दा बढी आप्रवासीले जल र थल मार्ग हुँदै स्युटा प्रवेश गर्ने प्रयास गरेका थिए । यद्यपि, शुक्रबार साँझसम्ममा धेरैजसो आप्रवासीहरू पुनः मोरक्कोतर्फ नै फर्किएको स्पेनी अधिकारीहरूले जनाएका छन्।

बिहीबार सीमा सुरक्षाकर्मीहरूलाई घेर्दै हजारौँको सङ्ख्यामा मानिसहरू एकैपटक अघि बढेका थिए। सो क्रममा समुद्र तैरिएर र जमिनबाट सीमापार गर्न खोज्दा धेरैको डुबेर मृत्यु भएको हो।

८४ हजार मात्र जनसङ्ख्या रहेको स्युटामा एकाएक हजारौँ आप्रवासी ओइरिएपछि स्थिति तनावग्रस्त बनेको थियो।

जसका कारण स्पेन सरकारले स्थिति नियन्त्रणमा लिन सीमामा सेना परिचालन गरेको छ।सीमापार गर्न खोज्नेहरूमा अधिकांश युवा र किशोरहरू रहेका छन्।