|  

ट्रकको ठक्करबाट बृद्धको मृ#त्यु, राजमार्ग अवरुद्ध

१६ श्रावण, काठमाडौं । महेन्द्रराजमार्ग अन्तर्गत कावासोतीको फिलिम हल चोकमा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

नारायणगढवाट बुटवलतर्फ जाँदै गरेको एउटा ट्रकको ठक्करबाट कावासोतीका ७१ वर्षका तुलसी च्वाईको बिहान मृत्यु भएको हो ।

फिलिम हल चोकमा पैदल बाटो काट्दै गरेका च्वाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनापछि अहिले बिहान स्थानीयले महेन्द्रराजमार्ग अबरुद्ध गरेका छन् ।

महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका गाडी कावासोतीमा रोकिएका छन् ।