|  

अमेरिकाले एक / दुई दिनभित्रै इरानका ऊर्जा पूर्वाधारमाथि हमला गर्न सक्ने

१६ श्रावण, काठमाडौं ।  एक / दुई दिनभित्रै अमेरिकाले इरानका ऊर्जा तथा पूर्वाधार क्षेत्रमा आक्रमण गर्ने तयारी गरेको छ ।

उसले एक–दुई दिनभित्रै इरानको ऊर्जा पूर्वाधारहरूमा हमला गर्ने तयारी गरेको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले लेखेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यो योजनालाई गम्भीरतापूर्वक सोचिरहेको पनि केही अधिकारीहरूलाई उद्धृत गर्दै जर्नलले लेखेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकको सुरूवातमै ट्रम्पले इरानमाथि सम्भावित अमेरिको हमलाको संकेत दिएका थिए ।

‘हामी उनीहरूलाई निकै कडा प्रहार गर्नेछौं । कुनै बेला उनीहरूले अब हामीले सहन सक्दैनौं भन्नुपर्ने अवस्था आउनेछ,’ उनले मन्त्रिपरिषद् बैठकमा भनेका थिए । अमेरिकी आक्रमण बढ्दै जाँदा इरान कमजोर बन्दै जाने र अन्ततः उसको प्रतिरोध क्षमतासमेत घट्ने ट्रम्पको दाबी छ।