|  

भारतको असाममा बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० जना पुग्यो

१६ श्रावण, काठमाडौं ।  भारतको असाममा मनसुनी बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ८० जना पुगेको छ ।

अत्यधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदीमध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असाममा हजारौँ मानिस प्रभावित हुन पुगेका हुन् । विशेषगरी बाढीले असाम राज्यका ७ जिल्ला प्रभावित भएका छन् । त्यहाँका झण्डै ३ लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ ।

चराइदेव जिल्ला बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ एक लाख ३७ हजारभन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन् ।

त्यसपछि शिवसागरमा ८४ हजार र जोर्हाटमा ४९ हजार प्रभावित भएका छन् ।