|  

विराटनगरमा बजार बन्द गराउँदै उच्छृङ्खल गतिविधि गर्ने दुई जना पक्राउ

१६ श्रावण, काठमाडौं ।  मोरङको विराटनगरमा साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

हिन्दु समाज नेपालको विरोध र्‍यालीका क्रममा बजार बन्द गराउँदै उच्छृङ्खल गतिविधि गरेको आरोपमा विराटनगर–६ का २५ वर्षीय जय नारायण पाण्डे र २१ वर्षीय भुवनेश्वर पाण्डेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।