|  

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृ#त्यु

१६ श्रावण, काठमाडौं । रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको भीषण आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा पाँचतले आवासीय भवनमा क्षति पुगेको छ । भवनभित्र केही व्यक्ति फसेको आशङ्का गरिएको छ भने आँगनमा आगलागी भएको छ ।

शेभचेन्किभ्स्की जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फसेका छन् ।