|  

घुससहित भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका ५ जना पक्राउ

१६ श्रावण, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल ललितपुरका तीन नासुसहित पाँच जनालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट तीन लाख रुपैयाँ बरामद भएको छ । अख्तियारको टोलीले गएराति ललितपुर मालपोतका नासुहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो ।

उनीहरुसँगै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल समेत पक्राउ परेका छन् । जग्गाको बकसपत्र गराउने काममा दुःख र हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

अख्तियारले उनीहरुसँग घुसबाहेक स्रोत नखुलेको २४ हजार ८ सय ९० रुपैयाँ पनि बरामद भएको जनाएको छ ।