१६ श्रावण, काठमाडौं । नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न ६५ जनालाई पक्राउ गरेको छ ।
साउन १३ गतेदेखि आज बिहान ९ बजेसम्मको अवधिमा तराईका विभिन्न ७ जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा धनुषाबाट सबैभन्दा धेरै ४५ जना, सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरी र सुनसरीबाट २–२ जना तथा पर्सा र सप्तरीबाट १–१ जना रहेका छन् ।
पक्राउ परेकाहरूमाथि सामाजिक सुव्यवस्था विरुद्धको कसुर वा सम्बन्धित कानुन अनुसार आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पछिल्लो केही दिनयता तराईका जिल्लाहरूमा देखा परेको साम्प्रदायिक तनाव र सामाजिक सद्भाव बिथोल्ने प्रयासलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar