१६ श्रावण, काठमाडाैं । नेपाली काँग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोईरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ ।
शनिवार आयोजित सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरूको घोषणा गरिएको हो । आयोजक समितिमा पार्टीका १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए ।
त्यसैगरी, संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रिय प्रमुखहरूलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ । राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समितिहरू समेत गठन गरिएको छ । जसअन्तर्गत राजनीतिक प्रश्ताव तयारी समिति, सांगठनिक प्रश्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन् ।
यसैगरी, व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार-प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, र स्वास्थ्य समिति लगायतका समितिहरू निर्माण गरिएको छ । शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । उनले भने,‘राष्ट्रिय भेलाका सन्दर्भमा हालसम्म गरिएका केही विवरणहरू म यहाँहरूबीच राख्नेछु । राष्ट्रिय भेला मूल आयोजक समिति गठन भएको छ र यसमा ५५१ सदस्य रहने व्यवस्था गरिएको छ । राष्ट्रिय भेला आयोजक समितिमा रहने साथीहरूको सम्पूर्ण नामावली तयार गर्न समय लाग्ने भएकाले मैले उहाँहरूलाई पदीय हिसावले पदेन सदस्यका रूपमा समेटेको छु । यसमा १४ औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारीहरू, जिल्ला कार्यसमितिका सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारीहरू, महानगर तथा नगर कार्यसमितिका सभापतिहरू, संघीय सांसद तथा प्रदेश सांसदहरू, पूर्व संघीय तथा प्रदेश मन्त्री एवं सांसदहरू, भ्रातृ संघका केन्द्रीय प्रमुखहरू र शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरू रहनेछन् ।राष्ट्रिय भेला सम्पन्न गर्न आवश्यक अन्य समितिहरू पनि गठन गरिएका छन् । जसमा समसामयिक राजनीतिक प्रश्ताव तयारी समिति, सांगठनिक प्रश्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति, नेपाली काँग्रेसको आर्थिक नीति तथा समृद्धिसँग सम्बन्धित आर्थिक नीति तयारी समिति, प्रचार–प्रसार समिति, आर्थिक व्यवस्थापन समिति, आवास तथा भोजन व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति, सांस्कृतिक समिति, सहभागी व्यवस्थापन समिति, स्वास्थ्य समिति, शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति र सचिवालय व्यवस्थापन समिति रहेका छन् । यसरी मूल आयोजक समितिसहित १६ वटा समिति गठन भएका छन् । यी समितिहरूको प्रमुख तथा सदस्यहरूको टुंगो यथाशीघ्र केन्द्रिय कार्यसमितिको बैठकबाट लगाई पूर्णता दिइनेछ ।’
मूल आयोजक समिति बाहेकका अन्य विषयगत समितिहरूको नेतृत्व र सदस्यहरूको चयन आगामी केन्द्रिय कार्यसमितिको बैठकबाट यथाशिघ्र टुंगो लगाइने विश्वकर्माले बताए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar