|  

राजनीति सत्ता होइन, सेवाको माध्यम बन्नुपर्छ : गगन थापा

१६ श्रावण,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई केवल शक्ति र सत्ता हासिल गर्ने माध्यमका रूपमा बुझ्न नहुने बताएका छन्।

उनले राजनीतिलाई सार्वजनिक सेवा र मानव सेवाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा राखेका हुन्। कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शनिबार सानेपास्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रम उद्घाटन गर्दै थापाले विपद् व्यवस्थापनका लागि भावना मात्र नभई सीप, तयारी र प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए। उनले देशका ७५३ वटै पालिकामा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिँदै यो संयन्त्र विपद् आएपछि मात्र सक्रिय नभई नियमित रूपमा सचेतना र तयारीमा केन्द्रित हुने बताए।

प्राकृतिक विपत्तिका पीडितप्रति सहानुभूति राख्दै उनीहरूको आर्थिक तथा व्यक्तिगत क्षतिलाई बुझ्नुपर्नेमा जोड दिँदै थापाले मानवीय संवेदनाभन्दा सामाजिक सञ्जालको प्रयोगलाई प्राथमिकता दिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।