|  

ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका नेपाली आरोहीप्रति प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली

१६ श्रावण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित सम्पूर्ण नेपाली आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शनिबार फेसबुकमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको प्रतीक भएको उल्लेख गरेका छन्। उनले निर्मल पुर्जालगायत दिवङ्गत आरोहीहरूको भौतिक यात्रा अन्त्य भए पनि उनीहरूको साहस, समर्पण र योगदान सधैँ प्रेरणाको स्रोत बनेर जीवित रहने बताएका छन्। प्रधानमन्त्री शाहले दुर्घटनामा ज्यान गुमाएका सबै आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।