|  

इरानी आक्रमणमा मृ#त्यु भएका सोमकुमारको शव नेपाल ल्याइयो

१७ श्रावण, काठमाडौं । इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ ।

गए राति कुवेत एयरवेजको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको शव अवतरण गरिएको हो ।कुवेतमा रहेका उनको इरानी आक्रमणमा परी मृत्यु भएको थियो ।

सन् २०२२ देखि खाडी राष्ट्रमा चालकका रूपमा कार्यरत तेह्रथुम जिल्लाका तामाङको गत बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल आक्रमण हुँदा मृत्यु भएको थियो ।