१७ श्रावण, काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले टर्की, पाकिस्तान र साउदी अरेबियाका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् ।
उनले अमेरिका वा इजरायलबाट हुने कुनै पनि आक्रमणको निर्णायक र समानुपातिक जवाफ दिइने चेतावनी दिएका छन् । इरानी सरकारी स्रोतहरूका अनुसार अराघचीले विशेष गरी साउदी विदेशमन्त्री फैसल बिन फर्हान अल साउदसँगको कुराकानीमा इरानको ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमणबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए ।
उनले अमेरिका वा इजरायलले इरानका ऊर्जा पूर्वाधारलाई निशाना बनाए त्यसको कडा प्रतिकार गरिने चेतावनी दिएका छन् । साथै, त्यस्ता आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने खाडी देशका मुलुकहरू पनि इरानको जवाफी कारबाहीको दायरामा पर्न सक्ने चेतावनी दिए ।
इरानको उच्च नेतृत्वले यसअघि पनि आफ्नो ऊर्जा पूर्वाधारमाथि आक्रमण भए खाडी क्षेत्रभर रहेका तेल तथा ग्यास पूर्वाधारलाई निशाना बनाउन सकिने चेतावनी पटक–पटक दिँदै आएको छ ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा सैन्य कारबाही हुन सक्ने चेतावनी दिएको एक दिनपछि मध्यपूर्वस्थित अमेरिकी दूतावासहरूले आफ्ना नागरिकहरूलाई सम्भावित सुरक्षा जोखिमप्रति सतर्क रहन आग्रह गरेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar