|  

इरानमाथिको आक्रमण हाललाई रोक्ने ट्रम्पको घोषणा

१७ श्रावण, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण हालका लागि रोकिएको घोषणा गरेका छन्।

ट्रम्पले इरानसँग सम्झौताको प्रारम्भिक रूपरेखा तयार भइसकेको दाबी गर्दै अमेरिका आक्रमण नगर्ने निर्णयमा पुगेको बताएका हुन् ।

ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्, ‘दोस्रो विश्वयुद्धपछि अमेरिकासँग अहिलेसम्मकै सबैभन्दा शक्तिशाली सैन्य क्षमता छ र आवश्यक परे इरानविरुद्ध कारबाही गर्न पूर्ण रूपमा तयार छ । तर इरान र मध्यपूर्वका केही अन्य देशहरूले आक्रमण रोक्न अनुरोध गरेका छन्, किनभने सम्झौताको रूपरेखा तय भइसकेको छ।’

प्रस्तावित सम्झौतामा होर्मुज जलमार्ग तत्काल, पूर्ण रूपमा र कुनै अवरोधबिना सञ्चालनमा ल्याउने तथा इरानको आणविक खतरालाई अन्त्य गर्ने विषय समावेश गरिएको छ।