|  

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ? 

१७ श्रावण, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यस्तै आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ५० रुपैयाँले बढेर तोलाको चार हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलाको चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।