|  

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

१७ श्रावण, काठमाडौं । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन्दाना घाइते भएकी छन् ।

एक फिल्मको सुटिङका क्रममा उनी घाइते भएकी हुन् । एक डान्स सिक्वेन्सको छायाङ्कन गर्ने क्रममा उनको कम्मर (हिप)मा गम्भीर चोट लागेको हो ।

चोटका कारण चिकित्सकले उनलाई करिब ६ हप्तासम्म पूर्ण रूपमा आरामका लागि सल्लाह दिएका छन्।

आगामी फिल्मका लागि कठिन एक्सन र डान्स दृश्यको छायाङ्कन गर्ने क्रममा उनलाई यो चोट लागेको हो ।