१७ श्रावण,काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले काँग्रेस कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन् ।
आज काठमाडौंमा ‘देश र काँग्रेस जोड्ने अभियान’ द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले इतिहास साक्षी रहेको उल्लेख गर्दै काँग्रेसको आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताएका हुन् । नेता कर्णले सुनसरीको देवानगञ्जमा हालै भएको घटनालाई लिएर सरकार र प्रशासनको कार्यशैलीप्रति आपत्ति जनाए । उक्त समस्या विगत एक महिनादेखि देखिएको भएपनि जिल्ला प्रशासन, प्रहरी र गृह मन्त्रालयले समयमै गम्भीरता नदेखाउँदा दुर्घटना भएको उनको भनाइ छ । झन्डै दुई तिहाइको समर्थन प्राप्त वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेको भएपनि सरकारले गोली चलाउनु विडम्बनापूर्ण रहेको उनले उल्लेख गरे ।
मुलुकमा धार्मिक सहिष्णुता कायम रहनुपर्नेमा जोड दिँदै उहाँले वर्तमान समस्याको तत्काल समाधान खोजिनुपर्ने बताए । अहिलेको परिस्थितिमा कुनैपनि विषयलाई राजनीतिकरण नगरी सबै नागरिक एकजुट भएर देश जोगाउन लाग्नुपर्ने उनको भनाइ छ । उनले भने,‘यो सबैलाई थाहा छ, इतिहास साक्षी छ । जब-जब काँग्रेस कुनै कारणले, चाहे आन्तरिक गुटबन्दीका कारण होस् वा वैचारिक मतभेदका कारण, कमजोर भयो वा विभाजित भयो, तब-तब देशले राजनीतिक र आर्थिक रूपमा ठूलो दुर्घटना व्यहोरेको छ । झन्डै दुईतिहाइ मत प्राप्त गरेको वर्तमान सरकारसँग हाम्रो पनि ठूलो अपेक्षा थियो । जनआन्दोलनका बेला हाम्रा भाइबहिनीहरूले ज्यान गुमाएका थिए । त्यही बलिदान र प्रेरणाबाट बनेको सरकारले जनतामाथि गोली चलाउँदैन भन्ने हाम्रो विश्वास थियो । तर आज विडम्बना, यही सरकारले गोली चलाएको अवस्था छ । सुनसरीको देवानगञ्जको घटना रातारात वा दुई-तीन दिनमै भएको होइन । त्यहाँ महिनौँदेखि समस्या थियो । जिल्ला प्रशासन, प्रहरी प्रशासन र गृह मन्त्रालयलाई त्यसबारे जानकारी थियो । उनीहरूले समयमै गम्भीरता देखाएको भए आज यस्तो दुर्घटना हुने थिएन । प्रधानमन्त्री संसद्मा आएर वा जनतासँग समयमै संवाद गरेको भए प्रशासनले पनि जनतासँग संवाद गथ्र्यो र समस्या समयमै समाधान हुन सक्थ्यो । तर त्यसो हुन सकेन । अहिले बल्ल प्रधानमन्त्री संवादमा आउनुभएको भन्ने सुन्नमा आएको छ । हामी अपेक्षा गर्छौं, धार्मिक सहिष्णुता कायम रहोस् र अहिलेको समस्या छिट्टै समाधान होस् । हामी नेपाली काँग्रेसका जिम्मेवार साथीहरू हौँ । अहिले हामी यो विषयलाई राजनीतिकरण गर्न चाहँदैनौँ। सम्पूर्ण नेपाली एक ठाउँमा उभिनुपर्छ । देश जोगाउनुपर्छ, देशलाई अगाडि बढाउनुपर्छ । त्यसका लागि युवाहरूको काँधमा ठूलो जिम्मेवारी छ । यस्तो अवस्थामा नेपाली काँग्रेस अझ बलियो बन्नुपर्छ । विगतमा केही कमजोरी र गल्ती भएका होलान्, तर अब नेपाली काँग्रेस सुध्रिनुपर्छ, बदलिनुपर्छ र हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।’
नेता कर्णले विगतका गल्तीहरूबाट पाठ सिक्दै नेपाली काँग्रेस अब सुध्रिनु र बदलिनु पर्ने बताए । युवाहरूको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै उनले पार्टीभित्रको एकता र सुदृढीकरणले मात्र देशलाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे । -न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar