१७ श्रावण, काठमाडाैं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा विपद्का घटना बढिरहेका छन्। पछिल्लो २४ घण्टामा भएका विभिन्न विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्म २५ जिल्लामा ३४ वटा विपद्का घटना दर्ता भएका छन्। तीमध्ये सर्पदंशका १४, आगलागीका ११, पहिरोका ६ र जंगली जनावरको आक्रमणका ३ घटना रहेका छन्। सर्पदंशका कारण एक जनाले ज्यान गुमाएका हुन्। प्राधिकरणका अनुसार यी घटनाबाट करिब २७ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। साथै, दुई स्थानमा सडक अवरुद्ध हुनुका साथै १८ वटा चौपायाको पनि क्षति भएको छ।
यसैबीच, चालु मनसुन अवधिअन्तर्गत वैशाख १ गतेदेखि हालसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका छन्। ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका छन् भने पाँच हजार १८८ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar