|  

२४ साउनमा नेपाली कांग्रेस केन्द्रीय समिति बैठक, सानेपामा बस्ने

१७ श्रावण,काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक २४ साउन, आइतबार बस्ने निर्णय गरेको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। ठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक गतिविधि तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।