१७ श्रावण, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले पार्टीका सदस्यले हिन्दूवादी अभियन्ताको रूपमा सक्रिय हुन पाउनु व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताएका छन्।
आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेको स्वीकार गरे। त्यसलाई लिएर भएको आलोचना अनावश्यक रहेको उनको भनाइ थियो। झाका अनुसार कुनै पनि व्यक्तिको राजनीतिक आबद्धता र धार्मिक आस्था फरक-फरक विषय हुन्। पार्टीको सदस्य भएकै कारण कुनै धार्मिक अभियानमा सहभागी हुन नपाउने भन्ने तर्क उचित नभएको उनले बताए।
उनले रास्वपाका सदस्यको उपस्थितिले आन्दोलनलाई हिंसात्मक बाटोमा जान नदिई वार्तामार्फत समाधान खोज्न सहयोग पुगेको दाबी गरे। उनका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारको करिब साढे नौ घण्टा लामो वार्ता भएको थियो, जहाँ आन्दोलनकारीका मागलाई संवैधानिक, व्यावहारिक र सामाजिक दृष्टिले सम्भव हुने गरी छलफल गरिएको थियो। झाले रास्वपाका सदस्यहरू पार्टीको भूमिकासँगै आफ्ना व्यक्तिगत धार्मिक विश्वास र सामाजिक पहिचान पनि राख्न स्वतन्त्र रहेको उल्लेख गर्दै यस्ता विषयलाई अनावश्यक रूपमा विवादको विषय नबनाउन आग्रह गरे।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar