|  

ट्रम्पले इरानमाथिको आक्रमण रोक्ने घोषणा गरेपछि तेलको मूल्यमा गिरावट

१८ श्रावण, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पूर्वाधारमाथि गर्ने भनिएको आक्रमण स्थगित गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले घटेको छ ।

आइतबार राति ११ः५२ जीएमटीसम्म ब्रेन्ट कच्चा तेलको मूल्य ४.०८ डलर अर्थात् ४.६४ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.८५ डलरमा पुगेको थियो।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य ४.०१ डलर अर्थात् ४.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ८०.६६ डलरमा झरेको थियो।

अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण सुरु गरेपछि र तेहरानका सेनाले ओमान आसपासका क्षेत्रमा रहेका कैयौँ तेलवाहक पानीजहाजमाथि आक्रमण गरेपछि गत महिना दुवै प्रकारका कच्चा तेलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो।