|  

इरानसँग नयाँ चरणको वार्ता आजबाट सुरु हुन्छः ट्रम्प

१८ श्रावण, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ता आजबाट सुरु हुने बताएका छन् ।

उनले आफूले इरानमाथि गर्न लागिएको ‘विशाल’ सैन्य आक्रमण अन्तिम समयमा स्थगित गरेको पनि बताएका छन्।

आइतबार राष्ट्रपति सवार विमान एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘आक्रमणको तयारी भइरहेको उनीहरूले देखेका थिए, त्यसैले उनीहरूलाई यसको स्तर थाहा थियो। अहिले हामी उनीहरूसँग वार्तामार्फत संवाद गरिरहेका छौं। वार्ता भोलि दिउँसोबाट सुरु हुन्छ।’

यसअघि उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरान र मध्यपूर्वस्थित अमेरिकी साझेदारहरूले सम्भावित आक्रमण रोक्न आग्रह गरेको र सम्झौताका ‘मुख्य रूपरेखा’मा सहमति भइसकेको दाबी गरेका थिए।