|  

ट्रम्पको नयाँ शान्ति योजनाबिच गाजामा इजरायली आक्रमण तीव्र, कम्तीमा १९ प्यालेस्टिनीको मृ#त्यु

१८ श्रावण, काठमाडौं । युद्धविरामको नयाँ पहल सार्वजनिक भएको केही समयमै इजरायलले गाजामा आक्रमण तीव्र बनाएको छ ।

आइतबार भएका विभिन्न हवाई तथा ड्रोन आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै अन्य घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति र सुरक्षातर्फ महत्वपूर्ण कदम भन्दै नयाँ योजना घोषणा गरेका थिए । तर त्यसको केही समयमै इजरायली सेनाले गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राख्यो ।