|  

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा २ जनालाई मृ#त्युदण्ड

१८ श्रावण, काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा इरानले दुई इरानी नागरिकलाई मृत्युदण्ड दिएको छ ।

ती दुई जनामाथि इरान–इजरायल युद्धका क्रममा संवेदनशील सैन्य तथा सुरक्षा स्थलहरूको स्थानसम्बन्धी जानकारी इजरायललाई उपलब्ध गराएको आरोप लागेको थियो ।

यसैबिच, मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०२६ को जनवरीमा भएका विरोध प्रदर्शनसँग सम्बन्धित कम्तीमा २६ जनालाई जुलाईसम्म मृत्युदण्ड दिइसकिएको छ ।