१८ श्रावण,काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि मात्र इरानमाथि सैन्य कारबाहीको चेतावनी दिएका थिए। तर अहिले उनको धारणा फेरिएको देखिएको छ।
ट्रम्पले इरानसँग वार्ताका लागि सकारात्मक संकेत दिएका छन् भने सम्भावित सम्झौताका लागि प्रारम्भिक मस्यौदा समेत तयार भइसकेको दाबी गरिएको छ। ट्रम्पको यो पछिल्लो अभिव्यक्तिसँगै अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा उल्लेखनीय गिरावट आएको छ। इरानसँग तनाव कम हुने र विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ हर्मुजबाट तेल आपूर्ति सहज रहने अपेक्षाले सोमबार कच्चा तेलको मूल्य ५ देखि ६ प्रतिशतसम्म घटेको हो। सोमबार दिउँसो साढे १२ बजेसम्म डब्लूटीआई (WTI) कच्चा तेलको मूल्य ६.३७ प्रतिशतले घटेर प्रतिब्यारेल ७९.२८ अमेरिकी डलरमा झरेको छ। यस्तै, ब्रेन्ट कच्चा तेल ५.५४ प्रतिशतले घटेर ८३.०७ डलर तथा मुर्बान कच्चा तेल ६.५७ प्रतिशतले सस्तिएर प्रतिब्यारेल ७९.८७ डलरमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढावले नेपालसहित विश्वभर प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेका बेला नेपालमा भने नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। त्यसैगरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको छ। संशोधित मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ कायम गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar