|  

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृ#त्यु, ३९ बेपत्ता

१८ श्रावण, काठमाडौं । इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् ।

उद्धारकर्मी तथा घटनास्थल आसपास रहेका जहाजहरूले २२७ यात्रु र चालक दलका सदस्यको उद्धार गरेका छन् ।

‘मुतियारा सेन्टोसा–२’ फेरि पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै थियो । सुमेनेप जलक्षेत्रमा बिहान ६ः०० देखि ७ः०० बजेको बीचमा आगलागी हुँदा फेरिमा २३२ यात्रु, ३९ चालक दलका सदस्य तथा १८१ सवारीसाधन, जसमा अधिकांश ट्रक र एउटा एक्साभेटर थिए।

बिहान १० बजेनजिक एउटा टगबोट र त्यस क्षेत्रबाट गुज्रिरहेका अन्य जहाज घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए।

आइतबार साँझसम्म पाँच जनाको शव फेला परेको, २२७ जनाको उद्धार गरिएको र ३९ जना अझै बेपत्ता रहेको बासारनासले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ।