१८ श्रावण, काठमाडौं । होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीलाई सीपमूलक तालिम दिई रोजगारीसँग जोड्ने प्रक्रिया सरकारले अघि बढाउने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले उनीहरूको रुचि र क्षमता पहिचान गरी आवश्यक तालिममार्फत आयआर्जनका अवसर उपलब्ध गराउने तयारी थालेको हो। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले विभिन्न स्थानमा रहेका सुकुमवासीलाई रोजगारीका अवसरमा आबद्ध गराउने उद्देश्यले तत्काल आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
बैठकमा भक्तपुरका खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जनाको रोजगारी तथा तालिम आवश्यकतासम्बन्धी मूल्यांकन प्रतिवेदनमाथि छलफल गरिएको थियो। मूल्यांकनबाट उनीहरूमध्ये अधिकांशले सरसफाइ, माली, साना व्यवसाय, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङलगायतका क्षेत्रमा काम गर्न रुचि देखाएको पाइएको मन्त्रालयले जनाएको छ। अब उनीहरूको रुचि र सम्भावनाअनुसार सीप विकास तालिम सञ्चालन गरिनेछ। यसका लागि पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत कार्यक्रम सञ्चालन गर्ने तयारी छ।
मन्त्री यादवले सुकुमवासीलाई केवल आश्रय होइन, दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने गरी रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले सम्बन्धित सबै निकायलाई यस विषयलाई प्राथमिकतामा राखेर प्रभावकारी पहल गर्न निर्देशन दिएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar