|  

भारतको झारखण्डमा भोक हड्तालमा उत्रिए विद्यार्थी

१९ श्रावण, काठमाडौं । भारतको झारखण्ड राज्यमा परीक्षाहरूमा भएको भनिएको अनियमितताको विरोधमा युवाको प्रदर्शन लगातार छैटौँ दिन पनि जारी छ ।

आइतबार विद्यार्थी नेता देवेन्द्रनाथ महतोले राँचीस्थित जयपाल सिंह मुन्डा स्टेडियममा अनिश्चितकालीन भोक हड्ताल सुरु गर्ने घोषणा गरेका छन् ।

महतोले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई बुझाइएका माग पूरा नभएसम्म आफ्नो भोक हड्ताल जारी रहने बताएका छन् ।

प्रदर्शनकारी विद्यार्थीले प्रतिस्पर्धी परीक्षा प्रणालीलाई थप पारदर्शी र निष्पक्ष बनाउन माग गरिरहेका छन् । उनीहरूले सरकारसँग वार्ता गरी आफ्ना माग सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।