|  

रुस एक समुद्री किनारमा युक्रेनको ड्रोन आक्रमणः ७ जनाको मृ#त्यु, ४० घाइते

१९ श्रावण, काठमाडौं । दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन खस्दा तीन जना बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ४० जना घाइते भएका छन्।घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनले युक्रेनले जानीजानी सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्।

युक्रेनले भने यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।ड्रोनको मुख्य लक्ष्य के थियो भन्ने स्पष्ट भइसकेको छैन।