|  

इरानलाई ट्रम्पको चेतावनीः यो सम्झौता गर्ने अन्तिम मौका हो

१९ श्रावण, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई यो सम्झौता गर्ने अन्तिम अवसर भएको चेतावनी दिएका छन् ।

सम्भावित सैन्य आक्रमण अन्तिम समयमा फिर्ता लिएलगत्तै उनले इरानलाई अमेरिकासँग राम्रो कागजातमा हस्ताक्षर गर्ने यो नै अन्तिम मौका भएको चेतावनी दिएका हुन् । 

खाडीका सहयोगी राष्ट्रहरूको अनुरोधमा आफूले फेरि आक्रमण रोकेर वार्तालाई निरन्तरता दिने वाचा गरेको उनको भनाइ छ ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘धेरै देशहरूले फोन गरे। उनीहरू सबै यसलाई अन्तिम मौका दिन चाहन्थे। यो नै अन्तिम मौका हो।’