|  

३ दशकदेखि भाजपाले जित्दै आएको क्षेत्रमा प्रशान्त किशोर विजयी

१९ श्रावण, काठमाडौं ।  भारतको विहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन राज्य सभामा छानिए पछि खाली भएको उक्त सिटमा ३० जुलाइमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा भाजपाका उम्मेदवार नीरज कुमारलाई पराजित गर्दै प्रशान्त किशोर विजयी भएका हुन् । किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा कुमारले ४४ हजार ८२७ मत प्राप्त गरेका थिए ।

भाजपाको तीन दशकदेखिको किल्ला किशोरको जितसँगै तोडिएको छ। यहाँ सन् १९९५ देखि भाजपाले जित्दै आएको थियो।