|  

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

१९ श्रावण, काठमाडौं ।  अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज बिहान १० बजे मन्त्री बोलाएर छलफल गर्न लागेको हो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।