|  

बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृ#त्यु, श्रीमतीको अवस्था गम्भीर

१९ श्रावण, काठमाडौं ।  बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

बडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जङ्गली च्याउ खाएर मृत्यु भएको हो ।

सोमबार दिउँसो जङ्गलमा उम्रिएको च्याउ खाँदा उनी बिरामी परेका थिए । थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको हो ।

साथै जङ्गली च्याउ खाएर मृतक थापाकी श्रीमती अन्दाजी ५० बर्षीया नाम्सरी थापा गम्भीर बिरामी भएकी छन् । थापाको अस्पतालमा उपचार भइरहेको छ ।