|  

शिक्षक महासंघले फेरि घोषणा गर्‍यो आन्दोलन, विद्यालय बन्द गरेर सडकमा आउने चेतावनी

१९ श्रावण, काठमाडौं ।  नेपाल शिक्षक महासंघले फेरि आन्दोलन घोषणा गरेको छ ।

अघिल्लो वर्ष काठमाडौँका सडकमा उत्रेर ठूलो आन्दोलन गरेको महासंघले त्यतिबेलाका सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै पुन आन्दोलनमा उत्रने घोषणा गरेको हो ।

सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयनको मागसहित आन्दोलनमा जाने निर्णय महासंघले गरेको हो ।  महासंघले भदौबाट आन्दोलन सुरु गर्दैछ ।

भदौ ५ गते जिल्ला सदरमुकाममा विरोधसभा, भदौ १२ गते सडक केन्द्रीत धर्ना, भदौ २० गते विद्यालय बन्द गरी शैक्षिक हड्ताल, भदौ २४ गते काठमाडौँ केन्द्रीत आन्दोलन गरेर विशाल र्याली र आन्दोलन कार्यक्रम गर्ने तयारी महासंघको छ ।