|  

ओलीले बोलाएपछि काठमाडौं जाँदै कोशीका मुख्यमन्त्री कार्की 

१९ श्रावण, काठमाडौं ।  कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर एमालेभित्र चर्किएको विवाद निर्णायक मोडमा पुगेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई काठमाडौं बोलाएपछि सरकारको नेतृत्वबारे आज शीर्ष तहको छलफल हुने बताइएको छ । अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाँदैछन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार अध्यक्ष ओली, महासचिव पोखरेल र अन्य शीर्ष नेतासँग हुने छलफलमा कोशी प्रदेश सरकारको नेतृत्वबारे निर्णयको प्रयास हुनेछ ।

एमालेभित्र अध्यक्ष ओलीले नेतृत्व परिवर्तन गरी संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चाहना राखेका छन् । कार्की भने पद नछाड्ने अडानमा छन् ।