|  

सिन्धुपाल्चोकको लिपिङमा पहिरोले सडक भासियो, अरनिको राजमार्ग अवरुद्ध

१९ श्रावण, काठमाडौं । अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान ९ः३० बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।