|  

सुनसरी घटना:थप एक जनाको मृ#त्यु, मृतकको संख्या चार पुग्यो

१९ श्रावण, काठमाडौं । सुनसरी घटनाका क्रममा घाइते भएका रवीन्द्र मेहेताको उपचारका क्रममा निधन भएको छ ।

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा २२ वर्षीय मेहेताको निधन भएको हो । घटनामा यसअघि तीन जनाको मृत्यु भएको थियो ।

जसमध्ये २ जनाको सुनसरीमा र एक जना सिरहामा मृत्यु भएको थियो । आज निधनमा भएका रवीन्द्रसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सो घटनामा परी घाइते भएका अर्का एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।