|  

संसदीय समितिको बैठक गोप्य गर्ने विषयमा सांसद केसीको आपत्ति

१९ श्रावण, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदीय समितिको बैठक गोप्य गर्ने विषयमा आपत्ति जनाएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधिमाथिको छलफलमा बोल्दै उनले अनावश्यक रुपमा संसदीय समितिको बैठक गोप्य गर्ने विषयमा असन्तुष्टि जनाएका हुन् ।

राष्ट्रिय महत्वको गम्भीर इस्वुहरूमा कहिलेकाहीँ गोप्य छलफल हुन सक्ने अन्यथासंसदीय समितिका बैठक खुला रहने र रहनुपर्ने उनले बताए ।