|  

रुस–युक्रेन आक्रमणः पछिल्लो २४ घण्टामामा कम्तीमा २७ जनाको मृ#त्यु

१९ श्रावण, काठमाडौं ।  रुस र युक्रेनबीच जारी युद्धमा पछिल्लो २४ घण्टामा दुवै पक्षबाट भएका ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि हिंसा कम हुने कुनै संकेत देखिएको छैन।

मंगलबार बिहान मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। रुसको दक्षिणी क्रास्नोडार क्षेत्रमा ड्रोनको भग्नावशेष पर्यटकीय गाउँ आर्खिपो–ओसिपोभ्कामा खस्दा तीन बालबालिकासहित सात जनाको ज्यान गएको र करिब ४० जना घाइते भएका छन्।

रुसद्वारा कब्जा गरिएको क्रिमियामा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। यस्तै, युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा भएको गोलाबारीमा चार सर्वसाधारणको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्।

उता, युक्रेनको ड्निप्रोपेत्रोभ्स्क क्षेत्रस्थित क्रिभी रिह जिल्लाको एक पेट्रोल पम्पमा रुसी आक्रमण हुँदा एक उद्धारकर्मी र उनका आठ वर्षीय छोरासहित तीन जनाको मृत्यु भएको छ। उक्त घटनामा तीन बालबालिकासहित २१ जना घाइते भएका छन्, जसमध्ये नौ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

यस्तै, जापोरिझ्झिया क्षेत्रमा रातभरि भएको रुसी आक्रमणमा दुई बालबालिकासहित आठ जनाको मृत्यु भएको छ।