१९ श्रावण, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले ‘सेना’ नाम प्रयोग गरेर सञ्चालन भइरहेका विभिन्न समूहप्रति सरकारको धारणा स्पष्ट गर्न माग गरेका छन्।
उनले नेपालमा नेपाली सेना बाहेक अन्य कुनै पनि ‘सेना’ नामका समूहको अस्तित्व स्वीकार्य हुन नसक्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले, “ठाउँ-ठाउँमा सेना गठन गर्ने छुट कसले दिएको हो? सेना गठन गर्न पाउने मापदण्ड के हो?” भन्दै सरकारसँग जवाफ माग गरे ।उनले सरकारले ‘हिन्दू सम्राट सेना’ जस्ता नाम भएका समूहसँग वार्ता गरेकोप्रति आपत्ति जनाउँदै यस्ता संगठनलाई कानुनी रूपमा निषेध गर्नुपर्ने धारणा राखे। उनका अनुसार यदि देशमा एउटै मात्र राष्ट्रिय सेना रहने संवैधानिक व्यवस्था हो भने ‘सेना’ नाममा सञ्चालन हुने अन्य समूहलाई सरकारले मान्यता दिनु नहुने र उनीहरूसँग वार्ता पनि गर्न नहुने बताए।
साम्पाङले साउन ५ गते जनकपुर जाने क्रममा आफ्ना कार्यकर्तामाथि अज्ञात समूहले कुटपिट गरेको घटनाको पनि स्मरण गराए। उक्त घटनाबारे आफूले तत्काल गृहमन्त्रीलाई जानकारी गराए पनि हालसम्म कारबाहीको प्रगति सार्वजनिक नभएको भन्दै सरकारसँग जवाफ माग गरे। उनले सुनसरीसहित विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गर्दै शान्ति–सुरक्षा कायम गर्न सरकार थप जिम्मेवार बन्नुपर्ने बताए।
त्यसैगरी, कोशी ब्यारेजका ५६ वटा ढोका बर्खायाममा समयमै नखोलिँदा नेपालको भूभाग डुबानमा पर्ने समस्या दोहोरिने गरेको उल्लेख गर्दै उनले यस विषयमा भारतसँग प्रभावकारी समन्वय र दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए। देशमा सुरक्षा, कानुनी शासन र विपद् व्यवस्थापनका चुनौतीहरू बढिरहेका बेला सरकारले संवेदनशील विषयमा स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा साम्पाङले जोड दिए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar