२० श्रावण, काठमाडौं । गाजा सिटीमा इजरायली हवाई आक्रमणमा मारिएका ११२ जना प्यालेस्टिनीको मंगलबार सामूहिक अन्त्येष्टि गरिएको छ। करिब तीन वर्षअघि ध्वस्त पारिएको आवासीय भवनको भग्नावशेषबाट हालै शव निकालिएपछि हजारौँ मानिसको उपस्थितिमा अन्त्येष्टि सम्पन्न भएको हो।
सन् २०२३ अक्टोबरमा गाजामाथि इजरायलले युद्ध सुरु गरेयताको यो सबैभन्दा ठूलो सामूहिक अन्त्येष्टिमध्ये एक मानिएको छ। मृतकका शवलाई प्यालेस्टिनी झन्डामा बेरिएको थियो भने शोकाकुल आफन्त र स्थानीयवासीले गाजा सिटीका सडक हुँदै शवयात्रा निकालेका थिए।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार सब्रा क्षेत्रमा रहेको ध्वस्त आवासीय भवनको भग्नावशेषमा करिब दुई सातासम्म खोज तथा उत्खनन गरेपछि ११२ जनाको अवशेष फेला परेको हो। मृतकमध्ये कम्तीमा ४० जना बालबालिका रहेका छन्।
मारिएका सबै हसैना र अबु शरियाह परिवारका सदस्य रहेको जनाइएको छ। दुवै परिवारका घरहरू सन् २०२३ नोभेम्बरमा भएको इजरायली हवाई आक्रमणमा पूर्ण रूपमा ध्वस्त भएका थिए, जसमा परिवारका ठूलो संख्यामा सदस्यको ज्यान गएको थियो।
अन्त्येष्टिमा सहभागी आफन्तहरूले गाजामा इजरायलले युद्ध अपराध गरेको आरोप दोहोर्याउँदै घटनाको निष्पक्ष अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar