|  

रोमानियामा रेलको ठक्करबाट २ नेपालीको मृ#त्यु

२० श्रावण, काठमाडौं ।  रोमानियाको बाकाउ क्षेत्रमा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ।

दुर्घटनामा सिन्धुपाल्चोकका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै ज्यान गएको हो।बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको छ भने शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको छ।

उनीहरूसँगै रहेका अन्य दुई नेपाली रेलको हावाको चापले छेउको झाडीमा फालिँदा घाइते भएका छन्। दुर्घटनाको कारणबारे रोमानियाली प्रहरीले अनुसन्धान गरिरहेको छ।

रोजगारीको सिलसिलामा शान्तकुमार २७ मे २०२३ मा रोमानिया आएका थिए भने निश्चल ४ वर्ष अगाडि गएका थिए ।