|  

हर्मुज खुल्ने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन साताकै न्यून

२० श्रावण, काठमाडौं । हर्मुज जलडमरूमध्य (स्ट्रेट अफ हर्मुज) पुनः सञ्चालन गर्ने विषयमा कूटनीतिक पहल अघि बढेको संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन साता यताकै न्यून स्तरमा झरेको छ ।

मंगलबार अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै ५ प्रतिशतले घटेर प्रति ब्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ ।

अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि ५ प्रतिशतभन्दा बढी घटेर ७६ डलर प्रति ब्यारेलमा सीमित भएको छ। दुवै सूचक जुलाई १३ यताकै न्यून स्तरमा झरेका हुन्।