|  

यमननजिकै भारतीय जहाजमा हमला

२० श्रावण, काठमाडौं ।  यमनको तटीय क्षेत्रनजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन् ।

विस्फोटक पदार्थले भरिएको एउटा सुसाइड बोट जहाजमा ठोक्किएको थियो । त्यसपछि जहाज डुबेको छ।

यद्यपि, जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई सकुशल उद्धार गरिएको छ ।भारतको विदेश मन्त्रालयले ‘एमएसभी फैजे नूर–ए–औलिया’नामक जहाजमाथि भएको आक्रमणको कडा भर्त्सना गरेको छ ।