|  

अर्थमन्त्री वाग्लेले आज राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै

२० श्रावण, काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन्।

बिहान ९ः१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने छलफलमा देशको वित्तीय अवस्था, अर्थतन्त्रका चुनौती र समाधानका उपायबारे चर्चा हुने जनाइएको छ।

अर्थ मन्त्रालयका अनुसार गभर्नर र डेपुटी गभर्नरसँग नियमित समन्वय हुँदै आए पनि सबै कार्यकारी निर्देशकसँग यस प्रकारको संयुक्त छलफल पहिलोपटक हुन लागेको हो।