|  

किभमा रुसी क्षेप्यास्त्र आक्रमणः १४ जनाको मृ#त्यु, २२ जना घाइते

२० श्रावण, काठमाडौं ।  रुसले बुधबार बिहान युक्रेनको राजधानी किभ र वरपरका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ ।

यस आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बुधबार मध्यरातपछि रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनमार्फत ठुलो आक्रमण गरेको छ ।

आक्रमणका क्रममा एक घण्टाभन्दा बढी समयसम्म हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । क्षेप्यास्त्रहरूले किभ सहर तथा आसपासका क्षेत्रमा रहेका आवासीय भवन र गोदामहरूमा क्षति पुर्‍याएको सैन्य प्रशासनले जनाएको छ ।

बोरिस्पिल जिल्लामा ९ जना, बुचा जिल्लामा ४ जना र फास्टिभ जिल्लामा १ जनाको मृत्यु भएको छ । यससँगै आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । साथै, धेरै व्यक्ति घाइते भएका छन् ।