|  

तोलामा ४ हजार २०० रुपैयाँ बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२० श्रावण, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ हजार २०० रुपैयाँले बढेको हो। जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। यस आधारमा चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ ।