२० श्रावण, काठमाडौं । उपभोक्तालाई एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो टिमले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ । मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि सम्मिलित टोलीले देशका कुनै पनि स्थानमा ग्यास आपूर्तिमा समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नेछ ।
निगमको हटलाइनमा आउने गुनासोका आधारमा सम्बन्धित उद्योग र डिलरसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ।
पछिल्लो समय बजारमा ग्यास अभावका कारण उपभोक्ता लामो लाइन बस्न बाध्य भएपछि समस्या समाधानका लागि यो संयन्त्र सक्रिय बनाइएको हो। ग्यास आपूर्तिसम्बन्धी गुनासोका लागि उपभोक्ताले कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar