२० श्रावण, काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले घटनामा मृत्यु भएका चार जनाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, साथै घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने निर्णय गरेको सरकारका स्रोतले जनाएको छ। केही दिनअघि सुनसरी र सिरहामा दुई समूहबीच भएको झडप हिंसात्मक बनेपछि चार जनाको मृत्यु भएको थियो। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्र मेहतासहित सिरहाका गणेश यादवले ज्यान गुमाएका थिए। घटनाका क्रममा प्रहरीको गोली लागेर ओमप्रकाश मेहता र गणेश यादवको घटनास्थलमै मृत्यु भएको थियो। जयप्रकाश मेहता र रबिन्द्र मेहताको भने उपचारका क्रममा निधन भएको थियो।
सरकारले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसँगै घाइतेहरूको उपचारलाई पनि प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar