२० श्रावण, काठमाडाैं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ ।
समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना साना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत रकम फिर्ता पाएका हुन् ।
सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनका क्रममा प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गर्ने व्यवस्था मिलाउँदै आएको जनाएको छ ।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ । आगामी चरणमा बचत रकमको आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने समितिको भनाइ छ ।
समस्याग्रस्त सहकारी संस्थाको ऋण असुली, सम्पत्ति व्यवस्थापन र प्राप्त स्रोतबाट बचतकर्ताको रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर भइरहेको समितिले जनाएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar